पाकिस्तान बाढीः थप ३७ को मृत्यु, ९२ जना घाइते
फाइल तस्बिर

पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन् । 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् । 

यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार  आठ सय ५० जना घाइते भएका छन् । 

देशभर परेको भीषण  वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन् ।   

बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १६:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया