पहिरोका कारण सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीनजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

केही दिनदेखिको वर्षासँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखि गोरुसिंगेको सम्बन्ध विच्छेद भएको छ । यद्यपि, पहिरो सोहोर्ने काम भइरहेको र साँझ अबेरसम्म बाटो खुल्ने बताइएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १८:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया