प्रिमियर लिग : सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । ऊ घरेलु टोली उल्भ्सविरूद्व ३–० ले विजयी भएको हो ।

मेलिनेयुक्स स्टेडियममा सिटीलाई सहज जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालान्ड र फिल फाेडेन​ले एक–एक गोल गरे । यो जितसँगै सिटी लिगको शीर्ष  स्थानमा​ उक्लिएको छ ।

खेलको पहिलो मिनेटमै ग्रेलिसको गोलमार्फत सिटिले अग्रता लिएको थियो । १६ औं मिनेटमा हालान्डले टोलीको अग्रता दोब्बर बनाए ।

३३ औं  मिनेटमा उल्भ्स १० खेलाडीमा समेटियो । ग्रेलिसलाई फउल गरेपछि  रेफ्रीले नाथन कोलिन्सलाई सीधै रातो कार्ड देखाएका थिए ।

६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । जितसँगै सिटीले सात खेलमा १७ अंक जोड्दा पराजित उल्भ्स समान खेलबाट ६ अंकका साथ १६ औं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १९:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया