सुत्केरी भैँसीलाई १५ सय भत्ता !

जाजरकोटमा भैँसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाई दूध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिकाभित्रका सबै सुत्केरी भैँसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

‘भैँसी सुत्केरी, प्रोत्साहन हात भरी’ भन्ने कार्यक्रमअन्तर्गत भैँसी पालक कृषकलाई भैँसीको व्यावसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए । 

भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैँसीलाई १ हजार ५०० दरले रकम दिन लागिएको उनले जानकारी दिए । अधिकृत गिरीले भने ,‘ भैँसी पालन व्यवसाय बिस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैँसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ ।’





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २०:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया