सहज जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा मा घरेलु टोली बार्सिलोनाले सहज जित निकालेको छ । उसले गएराति १० खेलाडीमा समेटिएको इल्चेविरुद्ध ३–० को जित निकालेको हो ।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । क्याम्प नोउमा बार्सिलोनालाई सहज जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फिस डिपाए एक गोल गरे ।

खेलको १४ औं मिनेटमा इल्चे १० खेलाडीमा समेटियो । लेवान्डोस्कीलाई फउल गरेपछि रेफ्रीले गोन्जलो भेर्डुलाई सिधै रातो कार्ड देखाएका थिए ।

३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा डिपाएले टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए । ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । 

जितसँगै बार्सिलोनाले ६ खेलमा १६ अंक जोड्दा पराजित इल्चे पराजित इल्चे समान खेलबाट १ अंकका साथ पुछारमा छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ६:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया