बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि नेपालले भुटानसँग २–०, कतारसँग ३–१ र बहराइनसँग ६–० को हार बेहोरेको थियो । नेपाल तीन खेलमा विना अंक पुछारमा छ ।
बाहिरिइसकेको नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा रहेको बंगलादेश पनि नेपाललाई हराउँदै दोस्रो जित निकाल्ने सोचमा छ ।
यसअघि बहराइनसँग गोलरहित बराबरी खेले बंगलादेशले भुटानलाई २–१ ले हराउँदा कतारसँग ३–० को पराजय बेहोरेको थियो । नेपाल र बंगलादेशलेले पिछल्लोपटक सन् २०१७ मा एकअर्काको सामना गरेका थिए ।
साफ यू–१८ च्याम्पियनसिपअन्तर्गतको उक्त खेलमा नेपाल २–१ ले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।