\


अनसनरत डा.केसी र सरकारबीच वार्ता हुँदै
फरकधार / २ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

कैलालीको धनगढीबाट २० औँ पटक सत्याग्रह सुरु गरेका  प्रा.डा. गोविन्द केसीसँग आज सरकारले वार्ता गर्दै छ । यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा.केसीले गत सोमवारदेखि अनसन सुरु गरेका हुन् । 

डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रबार नै वार्ताका लागि टोली गठन गरेको थियो । शनिबार वार्ताका लागि समय तोकिएको भए पनि शिक्षा सचिव सहभागी नहुने भए पनि आजका लागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत जैसीले बताए  । 

डा. जैसीले सरकार र अनसनरत डा.केसी पक्षबीच आइतबार बिहान वार्ताका लागि समय तोकिएको बताए । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा बस्नेछ । सातौँ दिनसम्मको अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था भने बिग्रिन थालेको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि डा.केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले डा.केसीलाई औषधि प्रयोग गर्न सुझाव दिएका छन् ।



अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै आज पनि धनगढीमा उनका समर्थकहरूले प्रदर्शन गर्ने तयारीसमेत गरेका छन् ।  



  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १०:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया