डा. गोविन्द केसीसँग वार्ता हुने: शिक्षामन्त्री

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा. गोविन्द केसीसँग वार्ता हुने बताएका छन् ।

केसीको जीवन रक्षाका लागि सरकार एकदम प्रतिबद्ध रहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले विधेयक दुवै सदनबाट टुंग्याइसकेपछि केसीसँग नयाँ सहमति गर्न सकिने बताएका हुन् ।

इलाममै स्वास्थ्य बिग्रियो भनेर नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याएको बताउँदै पोख्रेलले विधेयकलाई संसद्ले टुंग्याइसकेपछि पनि उनीसँग वार्ता र सहमति गर्ने विश्वास दिलाए । चिकित्सा शिक्षा विधेयक डा. केसीका कारण पनि सफल भएको भन्दै उनले यसको स्वामित्व केसीले पनि लिनुपर्ने तर्क गरे ।






  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १५:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया