अमेरिकी आकाशमा दुई विमान ठोक्किदा तीनजनाको मृत्यु

अमेरिकाको कोलोराडो राज्यमा दुईवटा साना विमान आकाशमा ठोक्किदा तीनजनाले ज्यान गुमाएका छन् ।

शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । उसका अनुसार बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका हुन् । 

एउटा विमानमा दुईजना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १३:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया