समानुपातिकको बन्दसूची टुंग्याउन माओवादीले बनायो कार्यदल

आउँदो ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि समानुपातिकको बन्दसूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको हो ।

सचिव गणेश साहका अनुसार कार्यदललाई सूची बढाउने/घटाउने, मापदण्ड पूरा भए/नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको छ । 

प्रदेशबाट लामो सूची आएकाले आजको बैठक निष्कर्षमा पुग्न नसकेको साहले जानकारी दिए । उनका अनुसार आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम टुंगो लगाउनेछ । 

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन ३ असोजसम्मको समय तोकेको छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १३:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया