सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं– धितोपत्र बजारमा आज सेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य चार अंकले बढेर १ हजार १ सय ६१ दशमलव ६३ अंकमा पुग्यो । 

यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक शून्य दशमलव शून्य ५ अंकले बढेर २ सय ४६ दशमलव ८० पुगेको छ । 

स्टकका अनुसार कुल १ सय ६८ कम्पनीको ९ लाख ७ हजार ३ सय १४ कित्ता सेयर २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३ रुपैयाँँमा खरिद–बिक्री भए ।  

कारोबार भएका कुल ११ उपसमूहमध्ये ५ उपसमूह ओरालो लागे भने ६ उपसमूह उकालो लागेका छन् । ट्रेडिङ शून्य दशमलव ५९, हाइड्रोपावर शून्य दशमलव ६९, फाइनान्स शून्य दशमलव ३९, नन लाइफ इन्स्योरेन्स ११ दशमलव ११ र लाइफ इन्स्योरेन्स ११ दशमलव १२ अंकले घटेका छन् । 

यस्तै, बैंकिङ एक दशमलव १३, होटल एक दशमलव ९, डेभलपमेन्ट बैंक ५ दशमलव २७, उत्पादन १८ दशमलव शून्य २, अन्य १ दशमलव २५ र माइक्रोफाइनान्स शून्य दशमलव ५ अंकले बढेका छन् । 
 





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १६:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया