गृहमन्त्री खाँणले भने - आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो । 

आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभात फेरि प्रदर्शनी मार्गबाट सुरु भई पद्मोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिबद्ध रहेको बताएका थिए । राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिबद्ध रहेको उनले बताएका थिए । 

‘आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्त्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्त्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिवृद्धि गराऊँ, अरूलाई सहयोग गर्ने काम गरौँ,’ गृहमन्त्री खाँणले भने । 

नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनिकीकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिबद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्वास उनले व्यक्त गरे ।  





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १६:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया