प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दुई दलका र्शी नेताबीच भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा दुई नेताबीच वर्तमान राजनीतिक संकट र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल भएको बताइएको छ । 

उनीहरुबीच सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने विषयमा पनि कुराकानी भएको छ । 

गठबन्धनमा आबद्ध दलहरुले समानुपातिकका सिट टुंगो लगाएर मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभाको बाँडफाँटको अन्तिम टुंगो लगाउने भएका छन् । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २०:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया