देउवा र गगनले भेटे डा. केसीलाई

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता गगन थापाले शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीसँग भेट गरेका छन् । भेटमा सभापति शेरबहादुर देउवा र नेता थापाले २३ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । 

भेटका अवसरमा देउवाले केसीका माग जायज रहेको भन्दै उनीसँगको सम्झौता पालना गर्न सरकारलाई आग्रह गरे । सरकारले आफैँले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएकोप्रति देउवाले आक्रोश व्यक्त गरे । 

प्रतिपक्षी दल कांग्रेसको विरोधका बाबजुद सरकारले केही दिनअघि प्रतिनिधिसभाबाट र बिहीबार राष्ट्रिय सभाबाट सो विधेयक पास गरेको थियो । कांग्रेसले केसीसँगको सम्झौताअनुसार अगाडि बढ्न सरकारलाई बाध्य पार्ने र त्यसका लागि रचनात्मक भूमिका निर्वाह गर्ने आश्वासन दिए । 






  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १७:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया