‘साफ उपाधिले नेपाली महिला फुटबलको नयाँ अध्याय सुरु हुनेछ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत टोलीलाई शुभकामना दिएका हुन् । ‘हामी ऐतिहासिक जितभन्दा एक कदम मात्र पछाडि छौं । आजको जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ । जितको लागि सम्पूर्ण टिमलाई शुभकामना, जय नेपाल,’ बालेनले फेसबुकमा लेखेका छन् । 

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

फाइनल जित्ने टोली साफको नयाँ विजेता बन्नेछ । यसअघिका पाँचौं संस्करणमा भारत विजेता बनेको थियो ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १२:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया