बागमतीका मुख्यमन्त्री पाण्डेले भने - संविधानको अधिकार उपयोग गर्न संघीय सरकार बाधक बन्यो

 बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधान कार्यान्वयनको लागि संघीय सरकार बाधक रहेको बताएका छन् । संघीय सरकारले संघीयता कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उनको भनाई छ ।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश तहले कानुन निर्माण गर्न बाधा अवरोधको सामना गर्नुपरेको र संविधान नै कार्यान्वयनमा समस्या भएको बताए । 

उनले संवैधानिक अधिकार व्यवस्थित नहुँदा प्रदेश सरकारलाई काम गर्न जटिलता भएको र संविधानमा व्यवस्था भएको अधिकार समेत नपाएको बताए । उनले भने ‘कानुन त बन्नै बाँकी छ, संविधानमा उल्लेख भएको कुरासमेत पाइएन ।’

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले संविधान दिवसलाई औपचारिक मात्र बनाउँदा मर्मबारे आम नागरिक अझै प्रस्ट हुन नसकेको बताए । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १४:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया