नेपाल–युएई टी–२० सिरिज
२१ रनले नेपालले गुमायो पहिलो टी–२०

काठमाडौं– नेपालले युएईसँगको टी–२० सिरिजअन्तर्गत पहिलो खेल गुमाएको छ । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा आज भएको खेलमा नेपालले २१ रनको पराजय व्यहोर्यो । 

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १ सय ३२ रन मात्र बनाउन सक्यो । लक्ष्य औसत भए पनि ओपनिङ राम्रो नहुँदा नेपालले जित निकाल्न सकेन ।

नेपालका लागि सन्दीप जोरले अर्धशतक बनाए पनि त्यो जितको लागि पर्याप्त भएन । ४६ बलको सामना गरेका सन्दीपले ३ चौका र १ छक्कासहित ५३ रन जोडे । 

सन्दीपका अलावा ओपनिङ गर्न आएका कप्तान पारसले २५ र सोमपाल कामीले २७ रन बनाए पनि अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

पारसले २५ बलमा ४ चौका प्रहार गरे भने सोमपालले १९ बलमा १ चौका र १ छक्का प्रहार हिर्काए । 

युएईका कप्तान मोहम्मद नाभेद, सुल्तान अहमद र जाहिर खानले समान २ तथा अहिर हायातले १ विकेट लिए । 



यसअघि, युएईको जितका लागि साइमन अन्वारले सर्वाधिक ५९ रन बनाएका थिए । ३८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे । युएईको सम्मानजनक स्कोर बनाउन मोहम्मद अस्मनले ३० र रिजवनले २२ रन जोड्दा मोहम्मद भोता २० रनमा नटआउट रहे । 

युएईको ६ विकेट लिने क्रममा नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २५ खर्चे भने वसन्तले २३ रन दिए । नेपालका लागि सोमपाल कामी तथा अभिनाश बोहोराले १–१ विकेट लिए ।
 



  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १८:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया