आर्मेनिया-अजरबैजान द्वन्द्वप्रति अमेरिकी चासो बढ्दै

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आर्मेनियामा अजरबैजानले गरेको ‘गैरकानुनी’ हमलाको निन्दा गरेकी छन् । यही साता सीमामा दुुई देशबीच भएको झडपमा २ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । 

दुवै देशले आक्रमणको दोष एकअर्कालाई लगाएका छन् । यी दुई देशबीचको पछिल्लो द्वन्द्व सन् २०२० पछिकै खराब बताइएको छ । ‘अमेरिकी कांग्रेसको तर्फबाट हामी ती आक्रमणहरूको कडा निन्दा गर्छौं, जसले अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पारेको छ,’ पेलोसीले अर्मेनियाको राजधानी यरेभानमा सञ्चारकर्मीलाई भनिन् ।

‘अजरबैजानले आर्मेनियाली भूमिमा गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित भएको छ । हाम्रा लागि आर्मेनियाले विशेष महत्व राख्छ’, पेलोसीले भनिन् । 

उक्त हमला आर्मेनियाको सार्वभौमसत्तामाथि भएको अमेरिकाले ठहर गरेको छ । यसअघि युद्धविरामका लागि रुसले मध्यस्थता गर्ने प्रयास विफल भएको थियो ।

आक्रमणपछि अमेरिकी विदेशमन्त्रीले आर्मेनियाका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ७:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया