म्यानमारमा सेनाले विद्यालयमा गोली चलायो : ६ बालबालिकाको मृत्यु, १७ जना घाइते

म्यानमारको एक विद्यालयमा सेनाले हेलिकोप्टरबाट गोली चलाउँदा कम्तिमा ६ बालबालिकाको मृत्यु भएको छ । साथै, १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।  

गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । 

आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रिपोट अनुसार सेनाको हेलिकोप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्यु भएको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ८:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया