अब राजदूतले राष्ट्रपतिसँग शपथ लिने

काठमाडौं– सरकारले नेपालको प्रतिनिधित्व गर्ने राजदूतले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

१४ माघको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राजदूत नियुक्त भएपछि जिम्मेवारी पाएका देशमा जानुपूर्व शपथ लिनुपर्ने व्यवस्था गरेको हो ।

राजतन्त्र छँदा राजदूतले राजासमक्ष शपथ लिने व्यवस्था रहेकोमा गणतन्त्र आएसँगै यो प्रचलन हटेको थियो । १२ वर्षपछि देशको प्रतिनिधित्व गरेर विभिन्न मुलुकमा जाने राजदूतले राष्ट्रप्रमुखसँग शपथ लिने व्यवस्था ब्युँतिएको हो ।

नेपालमा आउने राजदूतहरुले राष्ट्रपतिसमक्ष नै ओहोदाको प्रमाणपत्र पेस गर्ने चलन छ ।





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार २०:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया