राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनाैं कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । 

दैलेखका स्थायी बासिन्दा शाही दर्जनौं कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १७:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया