मकवानपुरमा थप २१९ जनामा डेंगु सक्रमण भएको छ । दैनिक सयौं विरामीको संख्या बढिरहेको मकवानपुरमा २४ घण्टामा २१९ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनलका अनुसार २१९ जना मध्ये २०४ जना हेटौंडा उपमहानगरका, मकवानपुरगढीका ८ जना, मनहरीका ५ जना र भीमफेदीका २ जना रहेको बताएका छन् ।
गत श्रावणदेखि मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको घिमिरेले बताए ।
मकवानपुरमा हेटौंडाका एकजना डेंगु सक्रमितको निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।