सेयर बजारमा ३८.८१ अंकले ओरालाे

सेयर बजारमा ३८ अंकले ओरालाे लागेकाे छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ। गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ। मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ।

कारोबार रकममा भने केही कमि देखिएकाे छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। 

कारोबारमा आएका २३१ वटा कम्पनीमध्ये १७८ वटाको सेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, २ वटाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन्।

बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ। यस्तै, कालिका पावरको सेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ। 

फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ। लगानी उपसमूहका सेयरको आपूर्ति पनि अत्यधिक छ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १८:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया