पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली खेलाडी बनेका छन् । उनी कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् ।
राेनाल्डाेले अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । एनालिस्ट कम्पनी निल्सन स्पोर्ट्सको डाटाअनुसार म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोको औसतप्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी छ ।
इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षभन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । उनको फलोअर्स ४८० मिलियन छ । यो सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौथोमा एम्बाप्पे र पाँचौंमा भिनिसियस जुनियर छन् ।
इंग्ल्याण्डका जाडोन सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडी बनेका छन् । एनालिस्ट कम्पनीले २०२२ को कतार विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीको श्रेणी निर्धारण गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।