हलिउड अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न उक्त देशको भ्रमण सुरु गरेकी छन् ।
एक्सप्रेस ट्रिब्युनका अनुसार अभिनेत्री जोलीले बाढी प्रभावित मानिसहरूबाट उनीहरूको आवश्यकता र भविष्यमा त्यस्ता पीडा रोक्नको लागि आवश्यक पहलबारे प्रत्यक्ष रूपमा कुराकानी गर्ने छन् ।
‘विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एन्जेलिना जोली पाकिस्तानको भ्रमणमा छिन् । देशभर भारी वर्षा र बाढीले ३३ मिलियन मानिसहरूलाई असर गरेको छ । देशको एक तिहाइ पानीमा डुबेको छ’, ट्रिब्युनको रिपोर्टमा भनिएको छ ।
बाढीका ५५१ बालबालिका र ३१८ महिलासहित मृत्यु हुनेको संख्या १ हजार ५ सय ५९ पुगेको अधिकारीहरूले जनाएका छन् । पानी कम हुन थालेपछि देशभर मलेरिया, डेंगु, ज्वरो, झाडापखाला, छालाको संक्रमणजस्ता भाइरल रोगका संक्रमण बढेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।