सामन्थालाई गम्भीर रोग

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फ्लोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छन् ।

यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् । उनलाई छालासँग सम्बन्धित रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ ।

यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् । अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरूले अभिनेत्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

उनी केही समयअघि नयाँ फिल्म ‘खुसी’ को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङबीचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानु परेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । 

फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।  





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १०:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया