चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो ४२ दिनसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा २५ डिसेम्बर सन् १९६३ मा भएको थियो ।
बाल्यकालमा सत्यप्रकाश श्रीवास्तव भए पनि उनी बलिउडमा भने राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।