नेकपा एमालेले भन्यो - डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भयो
फाइल तस्बिर

नेकपा एमालेले आफ्नो पार्टीले साउन महिनामा नै संसदमा पार्टीका तर्फबाट डेंगुका सवालमा ठोस योजना र कार्यक्रमसहित त्यसको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरेको  भए पनि सरकार भने चुकेको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन् ।

‘२०७९ साउनदेखि देखा परेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको सङ्ख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगुबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ,’ विज्ञप्ति भनिएको छ ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

स्वास्थ्य संस्थामा बिरामीहरूका लागि बेडसमेत नभएको उल्लेख गर्दै हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरू समेत सङ्क्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अति आवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १४:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया