अमेरिकाले भन्यो- आणविक हतियारबारे पुटिनको भनाइ गैरजिम्मेवार

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् ।

‘आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो,’ ती अधिकारीले भने । बुधबारको सम्बोधनमा पुटिनले रुसी भूमिको रक्षाका लागि ‘सबै उपलब्ध साधन’ प्रयोग गर्ने बताएपछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एबीसीमा गुड मर्निङ अमेरिकासँग भने, ‘उहाँले विगत सात महिनादेखि कसरी कुरा गरिरहनुभएको छ भन्ने कुरा असामान्य होइन र हामी यसलाई निकै गम्भीरताका साथ लिन्छौँ ।’ 

‘हामी उनीहरूको रणनीतिक मुद्राको सकेसम्म राम्रो निगरानी गरिरहेका छौँ । त्यसैले यदि हामीले गर्नुपर्‍यो भने रुसलाई हेर्ने रणनीतिमा परिवर्तन गर्न सक्छौँ । हामीले अहिले नै यसको आवश्यकता छ भन्ने कुनै सङ्केत देखेका छैनौँ,’ उनले भने ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ७:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया