दुबईमा नेपाली युवकले जिते ३५ करोडको चिठ्ठा

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत एक नेपाली युवकले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले चर्चित मजुज चिठ्ठा जितेका हुन् । 

उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको गल्फ न्यूजले जनाएको छ । यो चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खातासमेत थिएन । 

चिठ्ठाको रकम हात पारेपछि उनले भनेका छन्,  ‘म त निकै खुसी छु । टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

भरतले यो रकम आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्थाका लागि खर्च गर्ने जनाएका छन् ।   





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ८:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया