आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–६ बाट उम्मेदवारी घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।
आज एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँलाई पनि एमाले प्रवेश गरेका हुन् ।
मियाले यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनले रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।