मकवानपुरको भीमफेदी जुरिखेतमा भएको बस दुर्घटनामा परेका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा केही घाइते भएको घटनास्थलबाट बिर्ख जोशीले जानकारी दिए । तत्कालै प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले मृतकहरुको पहिचान खुल्न भने नसकेको बताए ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका जुरिखेतको एघार घुम्तीको ओरालोमा बिहीबार दिउँसो दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।