विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट ३२ केजी गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् ।

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना।१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 



मोरङको रंगेली नगरपालिका–७ निचामारी पुलबाट करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् । 



इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को।३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया