मधेस प्रदेशमा म्यादीका लागि ६६ हजार ८८४ जनाले भरे फारम
फरकधार / ६ असोज, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया बिहीबार समाप्त भएको छ । गत भदौ ३० गतेदेखि गरिएको दरखास्ता आह्वानको समयसिमा बिहीबार समाप्त भएको हो । 

यसैबिच मधेस प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा ६६ हजार ८८४ जनाले फाराम भरेका छन् । जसमध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८२७ महिला छन् । 

सबभन्दा बढी बारा जिल्लामा ८ हजार ९३९ पुरुष र २ हजार ४६६ महिला गरी कूल ११ हजार ४०५ जनाले फाराम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।



त्यस्तै, सप्तरीमा ७ हजार ३३७ पुरुष र १ हजार ६२३ महिला गरी जम्मा ८ हजार ९६०, सिरहामा ५ हजार ५२० पुरुष र १ हजार २९९ महिला गरी कुल ६ हजार ८१९, धनुषामा ६ हजार ७०९ पुरुष र १ हजार १२५ महिला गरी जम्मा ७ हजार ८३४ जनाले फाराम भरेका छन् । 



उता, रौतहटमा ७ हजार ४२० पुरुष र १ हजार १६३ महिला गरी जम्मा ८ हजार ५८३, महोत्तरीमा ५ हजार ९६९ पुरुष र १ हजार ३३३ महिला गरी कूल ७ हजार ३०२, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५७० महिला गरी जम्मा ८ हजार ६६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २४८ महिला गरी जम्मा ७ हजार ३१८ जनाले फाराम भरेको प्रवक्ता तिम्सिनाले बताए ।

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार २१:२२:१५,   अन्तिम अपडेट : असोज ६, २०७९ बिहीबार २१:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया