\


फलामको पाइपले लागेर भक्तपुरमा एकजनाको मृत्यु
फरकधार / ६ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एकजनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका–७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् । फलामको पाइप खसेर लाग्दा अर्का एकजना घाइते भएका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । 

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका(७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।



अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।



  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार २१:२४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया