इंग्ल्याण्डविरुद्ध पाकिस्तान १० विकेटले विजयी, बाबरले खेले शतकीय पारी

इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पहिलोपटक इंग्ल्याण्डलाई १० विकेटले हराएको हो ।

गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले ।

६६ बलको सामना गरेका उनले ११ चौका र पाँच छक्काको सहयोगमा अविजित ११० रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा बाबरको यो दोस्रो शतक हो । त्यस्तै, अर्का ओपनर मोहम्मद रिजवानले ५१ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८८ रनको योगदान दिए । त्यसअघि कराचीस्थत नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो । उसका लागि कप्तान मोइन अलीले आक्रामक ब्याटिङ गरे ।

२३ बल मात्र खेलेका उनले चार छक्का र चार चौकाको मद्दतमा अविजित ५३ रन बनाए । त्यस्तै, बेन डकेटले २२ बलमा सात चौकाको सहयोगमा ४३ रन बनाए । ह्यारी ब्रुक्सले १९ बलमा तीन छक्का र एक चौकासहित ३१ रनको उत्कृष्ट पारी खेले ।

फिल साल्ट ३० र एलेक्स हेल्स २६ रनमा आउट भए । साम करन १० रनमा अविजित रहे । पाकिस्तानका लागि शाहनवाज दहनी, हरिस रौफले दुईरदुई र मोहम्मद नवाजले एक विकेट लिए ।

योसँगै सात खेलको सिरिज १–१ को स्थितिमा आएको छ । सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको थियो ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ६:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया