\
काठमाडौंबाट रुकुमपूर्व गइरहेको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ग १ ख ९१०९ नम्बरको बस रुकुम पूर्वको भूमे गाउँपालिका–२ को खावाङ बगर नजिकै क्याङसी बगरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।