नेसन्स लिगमा वेल्सविरुद्व बेल्जियमको राेमाञ्चक जित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बेल्जियम विजयी भएकाे छ । ऊ लिग `ए´अन्तर्गत समूह फाेरकाे खेलमा वेल्सविरुद्व २–१ ले विजयी भएकाे हाे ।

 ब्रसेल्सस्थित किङ्ग बाउडोइन स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन केभिन डि ब्रुएना र मिचे बात्सुयाईले एक/एक गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा डि ब्रुएनाको गोलबाट घरेलु टोलीले अग्रता लिएकाे थियाे । उनी मिचे बात्सुयाइको पासमा गोल गर्न सफल भए । ३७ औं मिनेटमा बात्सुयाइले ब्रुएनाकाे पासलाई सदुपयोग गर्दै टाेलीको अग्रता दोब्बर पारे । 

५० औं मिनेटमा मुरले वेल्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा बेल्जियमले २–१ को रोमाञ्चक जित निकाल्यो । थप गरिएकाे समयमा बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेज रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य बने ।

जितसँगै पाँच खेलमा १० अंक जाेडेको बेल्जियम दोस्रो स्थानमा रहँदा पराजित वेल्स समान खेलबाट एक अंकका साथ पुछारमा छ । लिगअन्तर्गतकै अन्य खेलमा टर्कीले लक्जमबर्गसँग ३–३ तथा फाराेइ आइसल्याण्डले लिथुआनियासँग १–१ को बराबरी खेले ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ७:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया