वीरगञ्जमा एनआईसी एसिया बैंकको खाता ह्याक गरी साढे ८ लाख चोरी

एनआईसी एसिया बैंक वीरगञ्ज शाखामा रहेका एक ग्राहकको खाताबाट ८ लाख ५० हजार चोरी भएको छ । शुक्रबार बैंक ह्याकरले वीरगञ्जका ऋषिराम सापकोटाको खाताबाट साढे ८ लाख चोरी गरेको उजुरी प्रहरीमा परेको छ ।  

सापकोटाको खाताबाट साढे ८ लाख चोरी भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साका अपराध शाखाका प्रहरी निरिक्षक प्रज्वल थपलिया जानकारी दिए। आफ्नो खाताबाट अनलाइन ट्रान्जेक्सन गरी पैसा अन्य खातामा पठाएको म्यासेजमा आएपछि पैसा चोरी भएको थाहा पाएको सापकोटा बताउँछन् । 

बैंकमा सम्पर्क राख्दासम्म ह्याकरले ८ लाख ५० हजार अन्य खातामा पठाइसकेको उनको भनाइ छ । ह्याकरले बजारमा पसल धनी र मनि चेन्जरको खातामा पैसा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका अपराध शाखाका प्रहरी निरीक्षक प्रज्वल थपलिया बताउँछन् । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

यता घटनाबारे बैंक नै अनभिज्ञ रहेको छ । एनआईसी एसिया बैंक मधेश प्रदेश प्रमुख नितेश खड्कीले घटनाको बारेमा आफू जानकार नभएको प्रतिक्रिया दिए । बैंकको सेक्युरिटी सिस्टम धेरै मजबुत रहेको र खाताधनीको अनुमति बिना पैसा पठाउन नसकिने खड्की बताउँछन् । तर, सापकोटाले उक्त रकम नपठाएको बताउँछन् । 

गत २३ भदौमा वीरगञ्जको आदर्श नगर शाखाको सेन्चुरी बैंकबाट पैसा चोरी भएको थियो । ह्याकरले सेन्चुरी बैंकको खाता ह्याक ३३ हजार पैसा चोरी गरेका थिए । 

हरिराम गुप्ताको खाताबाट दिउँसो १२ बजे अनलाइन ट्रान्जेक्सन गरेर पैसा निकालिएको थियो । घटनामा संलग्नलाई प्रहरी अझै पक्राउ गर्न सकेको छैन । 





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ८:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया