कैलालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु
फरकधार / ७ असोज, २०७९
फाइल तस्बिर

कैलालीको धनगढी उपमहानपालिकामा–१६ उल्टापानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।



धनगढीबाट घोराहीतर्फ गइरहेको ४३ वर्षीय हरिप्रसाद चौधरीले चलाएको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

चालकको घटनास्थलमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।  





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ९:७:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया