सिरियामा डुंगा पल्टिदा ३४ जनाको मृत्यु

लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा  ३४ जनाको मृत्यु भएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो । 

सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासी लेबनानी र सिरियाली रहेका छन् ।  

राज्य मिडियाले एक जीवित व्यक्तिलाई उद्धृत गर्दै भनेको छ, ‘डुङ्गाले १५० जना भन्दा बढी मानिसहरू बोकेका थियो । समुद्रमा १ सय भन्दा बढी आप्रवासीहरू अझै बेपत्ता हुनेछन् ।’
  
 





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ११:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया