रोकिएन खेलाडी पलायनको सिलसिला, थप चार खेलाडी अस्ट्रेलिया प्रस्थान

पछिल्लो समय नेपालमा फुटबलका गतिविधि हुन नसक्दा खेलाडी बिदेसिने क्रमशः बढ्दै गएको छ । यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइरहेका छन् । 

यो सिलसिला तत्कालै रोकिने सङ्केत पनि छैन । यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीका एक तथा शीर्ष डिभिजन खेल्न तीन गरी कुल चार खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ र रुमेश बर्तौला बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।  विभागीय टोली एपिएफबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका राजनले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यस्तै,क्लबले आहा रारा गोल्ड कपको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए ।

 रविले पनि एपिएफबाटै गत वर्षको शीर्ष लिग खेलेका थिए । यु–२३ टोलीका पूर्व खेलाडी अमिरले जावलाखेल यूथ क्लबाट शीर्ष डिभिजन तथा यु–१८ तथा यु–२३ राष्ट्रिय टोलीका पूर्व खेलाडी रुमेशले च्यासल यूथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । 

यसअघि राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, दर्शन गुरुङ र हेमन गुरुङ पनि अस्ट्रेलिया गइसकेका छन् । त्यस्तै, न्युरोड टिम एनआरटीबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति पनि यही वर्ष अस्ट्रेलिया पलायन भएका थिए ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ११:१५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया