प्रश्न उठाउनेहरूलाई ‘बोल्ड’ गर्ने बाबरको त्यो प्रदर्शन

पछिल्ला केही खेल विशेष गरी एसिया कपमा राम्रो प्रदर्शन गर्न नसकेपछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजममाथि विभिन्न प्रश्नहरू तेर्सिएका थिए । तर, टी–२० विश्वकपअघि बाबर आजमले यस्तो प्रदर्शन गरेका छन् की त्यसले आलोचकहरूलाई मौन बनाउनुका साथै क्रिकेट विज्ञ, क्रिकेट फ्यान होस् या राजनीतिज्ञ सबै ‘क्लिन बोल्ड’ गराएको छ । 

कप्तान आजमले बिहीबार कराचीमा इंग्ल्याण्ड विरुद्धको दोस्रो टी–२० खेलमा यति उत्कृष्ट प्रदर्शन गरेकी  कि अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले त्यहीबाट उनको खुलेर प्रशंसा गरेका छन् । 

पहिलो टी–२० खेल इंल्यान्डसँग हार बेहोरेको पाकिस्तानको सामु २०० रनको ठूलो लक्ष्य थियो । इंग्ल्याण्डले सायदै सोचेको थियो होला पाकिस्तानले यो खेल सहजै जित्छ भनेर । 

तर, आजम र उनका ओपनिङ पार्टनर मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीले तीन बल बाँकी छँदा लक्ष्य भेट्टाउँदै १० विकेटको शानदार जित दर्ता गर्‍यो । आजमले एसिया कपको नराम्रो प्रदर्शनलाई बिर्सेर ६६ बलमा ११० रनको शतकीय पारी खेले । यस क्रममा उनले ११ चौका र पाँच छक्का प्रहार गरे ।  

त्यस्तै, रिजवानले ५१ बलमा पाँच चोका र चार छक्कासहित ८८ बनाए । योसँगै आजम भारतका विराट कोहलीलाई पछाडि पार्दै टी–२० मा सबैभन्दा छिटो ८००० रन बनाउने दोस्रो खेलाडी बनेका छन् । 

आजमले २१८ तथा विराट कोहलीले २४३ पारीमा यो उपलब्धी हात पारेका छन् । वेस्ट इण्डिजका क्रिस गेल यो सुचीको पहिलो नम्बरमा छन् । उनले २१३ पारीमा ८०० रन पूरा गरेका थिए ।



खेल जितेपछि बाबर आजमले भने ‘हामी यो लक्ष्य पछ्याउन सक्छौँ भन्ने चर्चा थियो । हामीले यो पहिले पनि गरेका थियौं र ड्रेसिङ रुममा पनि त्यस्तै विश्वास थियो । विकेटले पनि राम्रो साथ दियो, सोचेभन्दा राम्रो । रिजवानसँग मेरो एउटै छलफल थियो कि हामीले खेल अन्त्य गर्नुपर्छ ।  टोलीले मलाई सधैँ साथ दिएको छ ।’

एसिया कपमा खराब प्रदर्शनका कारण बाबर आजममाथि निकै प्रश्न उठेको थियो । आकिब जावेदलगायत धेरै पूर्वपाकिस्तानी क्रिकेटरले पनि उनीमाथि प्रश्न उठाएका थिए । त्यस बेला आजमले हरेक खेलाडीको करियरमा यस्तो अवस्था आउने बताएका थिए ।



उनले सबैलाई आफ्नो विचार राख्ने अधिकार भए पनि कसैको बारेमा व्यक्तिगत टिप्पणी नगर्ने बताए । मानिसहरूले विराट कोहलीको प्रदर्शनमाथि प्रश्न उठाउँदा पनि आजमले यस्तै बताएका थिए । 

त्यस बेला पनि बाबर आजमले विराटलाई समर्थन गर्दै हरेक खेलाडीको करियरमा उतारचढाव आउने गरेको बताएका थिए । एसिया कपमा यस्तै भयो आजम खराब लयमा चलिरहँदा कोहलीले आफ्नो लयमा फर्किएको सङ्केत देखाए । 

शान्त र संयमित आजम
आजम पाकिस्तानको त्यो पुस्ताको क्रिकेटर कम लाग्छन् जहाँ ब्याट र बल बाहेक मैदानमा शब्दको युद्ध हुन्छ । आजम मैदानमा शान्त र संयमित देखिन्छन् । उनलाई आफ्नो ब्याट र टोलीको प्रदर्शनले कसरी जवाफ दिनुपर्छ भन्ने थाह छ ।  

त्यसै गरी भारतविरुद्धको खेलमा दुवै देशका खेलाडी तनावमा रहने भनिए पनि आजम भने शान्त र संयमित देखिन्छन् । आजमको सबैभन्दा राम्रो कुरा यो हो कि उनको शान्त र संयमित ब्याटिङले पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई थप स्थापित गर्न मद्दत गर्‍यो । 

जब पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै समस्याहरूसँग सङ्घर्ष गरिरहेको थियो,  पाकिस्तानमा घरेलु खेलहरू हुन सकेको थिएन र बोर्ड पनि उथलपुथलको अवधिबाट गुज्रिरहेको थियो ।

आजमको क्रिकेट करिअर 
१५ अक्टोबर १९९४मा पाकिस्तानको पञ्जाब प्रान्तमा जन्मेका बाबर आजमले सन् २०१५ मा जिम्बाब्वेविरुद्ध पाकिस्तानका लागि पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले पहिलो टेस्ट २०१६ मा वेस्ट इण्डिजविरुद्ध तथा त्यही वर्ष इंग्ल्याण्डविरुद्ध पहिलो टी–२०अन्तर्राष्ट्रिय खेलेका थिए ।

आजम सन् २०१६ मा वेस्ट इण्डिजविरुद्धको एक दिवसीय खेलमा लगातार तीन शतक बनाएपछि अन्तर्राष्ट्रिय चर्चामा आएका हुन् । सोही वर्ष न्युजिल्याण्डविरुद्ध ह्यामिल्टन टेस्टमा उनले ९० रन बनाएका थिए । आजमले पाकिस्तानका लागि तीनै प्रारूपमा गरेर २१६ अन्तर्राष्ट्रिय खेल खेल्दा २६ शतक र ७१ अर्ध शतकसहित १०६८१ रन बनाएका छन् । 

उनको नाममा रेकर्डको लामो सूची छ । उनी एक दिवसीय क्रिकेटमा १००० र २००० रन बनाउने विश्वकै दोस्रो सबैभन्दा छिटो खेलाडी हुन्। एक दिवसीय शृङ्खलामा सबैभन्दा बढी ६ शतक प्रहार गर्ने कीर्तिमान पनि उनको नाममा छ । उनी कप्तानको रूपमा टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। अहिले बाबर आजमले एकपछि अर्को गर्दै विराट कोहलीको कीर्तिमान तोडिरहेका छन् । 

कप्तानको रूपमा सबैभन्दा छिटो १००० हजार रन बनाउने कीर्तिमान पनि कोहलीको नाममा थियो। उनले १७ पारीमा यो उपलब्धि हासिल गरेका थिए तर  आजमले १३ पारी मै यो उपलब्धि हासिल गर्दै यो कीर्तिमा ताडे ।  बाबर आजमले एसिया कपमा ६ खेलमा मात्र ६८ रन बनाउन सके । पाकिस्तानको टोली एसिया कपको फाइनलमा पुगेको थियो तर श्रीलंकासँग पराजित हुन पुग्यो । 

टी–२० विश्वकपअघि बाबर आजमको यो धमाकेदार शतकीय पारीले पक्कै पनि विपक्षी टोलीका लागि खतराको घण्टी बजेको छ । विश्वकपका लागि पाकिस्तानी टोलीमा शाहिन शाह अफ्रिदीको पुनरागमन पहिले नै अन्य टोलीका लागि चिन्ताको विषय बनिसकेको छ । यी फास्ट बलर टोलीका लागि ट्रम्पकार्ड बनेका छन् ।

अब, ब्याटिङमा आजम फर्ममा आउनुले पनि पाकिस्तानी टोली अझै खतरनाक बनेको सङ्केत गर्छ । यसले अन्य टोलीको निन्द्रा उढाउने काम गरेको छ । 

(बिबिसी हिन्दीबाट साभार)

  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १६:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया