एमालेसँग एक्लै भिड्न सकेनन्, गठबन्धन बनाए: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकीर गरेका हुन् ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दावी गरे । ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए ।

‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन । त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र,' ओलीले भने, 'यो त्यान्द्रो समातेनन् । र, छोडे भने यिनीहरु त्रिशुलीको भेलमा पुगजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरुले गठबन्धन नामको या त्यान्द्रो छोडदैनन् । यो समाती राख्न यिनीहरु बाध्य छन । किनकी एमालेको भेल यस्तो आईराखेको छ । बगाउँछ । यसमा जहाँ नेपाली, त्यहाँ एमाले । देश भित्र मात्रै होइन, देश बाहिर पनि जहाँजहाँ नेपाली पुगेका छन । त्यहाँ एमाले पुगेको छ । त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने पनि दाबी गरेका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १८:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया