कार्यकर्तालाई अरिङ्गाल भएर एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुविरुद्ध अरिङ्गाल भएर खनिन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले अरु झुसे बारुले भएर आफूहरुविरुद्ध खनिएको दाबी गर्दै अरिङ्गाल भएर प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

यसअघि आफूले अरिङ्गाल भएर प्रतिकार गर्ने भन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको भन्दै ओलीले आफूहरुविद्ध उत्रिनेलाई ध्वस्त बनाउनु पर्ने बताएका हुन् । 

शुक्रबार युवा संघको कार्यक्रममा बोल्दै ओलीले युवा संघले पछिल्ला प्रविधिहरुलाई प्रयोग गर्नु पर्ने बताएका छन् । 

उनले यही कार्यक्रममा एमालेविरुद्ध खनिनका लागि गठबन्धन बनेको र एक्लै कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्नेसमेत बताएका थिए ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार २०:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया