ओली आज जनकपुर जाने, लोसपाका नेताहरु एमाले प्रवेश गर्ने
फाइल तस्वीर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) जनकपुर जाँदै छन् । ४ मंसिरमा हुने निर्वाचन नजिकिएसँगै ओलीले मधेशमा आफ्ना कार्यक्रमहरु बाक्लो बनाएका छन् । 

आज जनकपुरमा एमालेको पार्टी प्रवेश कार्यक्रम राखिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष ओली जनकपुर जान लागेका हुन् । 

केही दिनअघि पनि उनी जनकपुर पुगेका थिए । जनकपुरमा उनले लोसपासँग आफूहरुले चुनावी तालमेल गर्न सक्ने संकेतसमेत गरेका थिए । 

लोसपाले पनि एमालेसँग चुनावी तालमेल गर्नका लागि शुक्रबार मात्र वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ५:३५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया