संघीय राजधानी काठमाडौंका सडकको दुरावस्था [फोटो फिचर]

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरू कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहर मध्ये सबैभन्दा धेरै मानिसहरूको बसोबास गर्ने ठाउँ पनि हो काठमाडौं । 

स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरूको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय । कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो । 

चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनः निर्माणको काम समेत सरकारी निकायहरूले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरूमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौं दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । 

भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवाल जवाफमा नै सीमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्दै भत्किएर पुनः उस्तै हुन्छ । 

दीर्घकालीन रूपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसुस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौँ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरूले दुःख भोगिरहेका छन् । 



कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरू छरपस्ट देख्न सकिन्छ । फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ । 

 



फोटो फिचर : न्युज एजेन्सी नेपाल
 

  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ९:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया