महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला, हत्याको आशंका

महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार  घाँस  काट्न जंगल गएकी थिइन् । 

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको  खोइर भन्ने स्थानको बास घारीमा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्मे देखिएको हुँदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवको हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथाशक्य छानबिनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएको हुनाले पोस्टमार्टमको लागी बिहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन् । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ९:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया