झन्डै दुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरूका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुगेका छन् ।
प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो सङ्क्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसङ्ख्या भएको भुटानमा ६१ हजारलाई सङ्क्रमण भएको छ भने २१ जनाको मृत्यु भएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धराशायी भएको छ ।
‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टिसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । पर्यटकहरूलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।
काठमाडौंबाट पहिलो उडानमा पुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरुप अर्ग्यानिक मह, चिया, बेसार र स्थानीय सिम कार्डको सानो प्याक उपहारस्वरुप दिइएको भारतीय समाचार संस्था एनडिटीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।