७६ जिल्लामा फैलियाे डेंगी, २९ जनाकाे मृत्यु

देशका ७६ जिल्लामा डेंगीका संक्रमित भेटिएका छन् । अहिलेसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगी प्रमाणित भएकाे छ । 

यसका साथसाथै पछिल्लाे समय डेंगीका कारण मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगी भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगी भएको छ ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १७:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया